काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने भूकम्पबाट पीडित भएका सुदूरपश्चिममका नागरिकलाई राहत लिएर बझाङ पुगेका छन् । उनले आजै चैनपुर जाने बताएका छन् ।
हिजाे मंगलबार दुई पटक आएकाे भूकम्पबाट सुदूरपश्चिमकाे बझाङ र चैनपुर क्षेत्रमा निक्कै क्षति पुगेकाे विवरण आएका छन् । लामिछाने भूकम्पबाट पीडित परिवारलाई राहत लिएर बझाङ पुगेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘भूकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं, सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजैदेखि सहयोगमा जुट्नु भएको छ।’




















प्रतिक्रिया