Logo

प्रमुख समाचार

प्रचण्ड सरकारप्रति शेखरको कटाक्ष : ‘सच्चिनुपर्‍यो, होइन भने छाड्नुपर्‍यो’



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारप्रति कटाक्ष गरेका छन् । उनले गठबन्धन सरकार हुँदा पनि प्रधानमन्त्री प्रचण्डको एकल निर्णयले अहिले समाजमा अराजकता बढेको टिप्पणी गरे ।

‘अहिले कांग्रेस नेतृत्वको सरकार आवश्यक भइसकेको छ । सरकार या सच्चिनुपर्यो, होइन भने छाड्नुपर्यो । अर्को विकल्प छैन । कांग्रेस नेतृत्वको सरकार आवश्यक परिसकेको छ’, कपिलवस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘तर, हाम्रो साथीहरुलाई चाहिएको छैन गर्ने के ? हामी कसैको इशारामा हिँड्नु भएन । हाम्रो हाम्रो खुट्टामा उभिएर हिँड्ने आँट गर्नुपर्छ ।’

अहिले राजनीतिक अस्थिरता, आर्थिक, सामाजिक सबै हिसाबले देश अफ्ठ्यारो परिस्थितीमा रहेको बताए । कोइरालाले प्रत्यक्ष निर्वाचन प्रणलीबाटै कांग्रेसको एकल बहुमत आउने भएकाले संविधान संशोधन गर्न आवश्यक भएको बताए। उनले समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने सुझाए ।

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ६ : ३८ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।