Logo

खेलकुद

भारतमा एकदिवसीय विश्वकप आजदेखि, उद्‌घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदै छ ।

प्रतियोगिताको उद्‌घाटन खेलमा आज साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ ।

यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् । विश्वकपको यस संस्करणमा नेदरल्यान्ड्स एकमात्र एसोसिएट राष्ट्र हो ।

प्रतियोगिताको पहिलो खेल विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी रंगशालामा हुनेछ । आजको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

यो विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्गलोरमा हुनेछन् ।

विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार ०९:११   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।