एजेन्सी । भारतका स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई अदालतले मन्जुरी दिएको छ । अदालतले आयशाले शिखरलाई मानसिक क्रुरताको शिकार बनाएको स्वीकार गरेको छ ।
शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग अलग बस्दै आएका थिए । धवन आयशाभन्दा १० वर्ष कान्छा छन् । अदालतले शिखर धवनलाई छोरासँग वर्षौँसम्म अलग राखेर श्रीमतीले मानसिक यातना दिएको स्वीकार गरेको छ ।
न्यायाधीश हरिश कुमारले आयशाले धवनलाई छोराबाट एक वर्ष टाढा राखेर मानसिक यातना दिन बाध्य पारेकीमा स्विकार गरेका छन् । तर अदालतले छोराका विषयमा कुनै निर्णय लिएको छैन् । धवनले आफ्नो छोरासँग भारत र अष्ट्रेलियामा धेरै समय बिताउन सक्छन्।
अदालतले आयशा मुखर्जीलाई छोराको स्कुल बिदामा हरेक वर्ष भारत आउन र कम्तीमा आधा बिदा बुवा र परिवारसँग बिताउन आदेश दिएको छ ।
धवनले आफ्नो याचिकामा श्रीमतीले सुरुमा आफूसँग भारतमै बस्ने भनेर सहमति गरेको बताए । उनका अनुसार उनले यसो गर्न सकिनन् र त्यसपछि उनले आफ्नो पूर्व पतिसँग गरेको बाचा अनुसार अस्ट्रेलियामा नै बस्नुपर्ने बताइन् ।
आयशाको पहिलो विवाहबाट उनका दुई छोरी छन् । आयशाले आफ्ना पूर्व श्रीमान्सँग उनी अस्ट्रेलिया छोडेर कतै नजाने बचन दिएकी थिइन् ।हाल आयशा आफ्ना दुई छोरी र छोरासँग अस्ट्रेलियामा नै बसिरहेकी छिन् ।
प्रतिक्रिया