काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ११.०४ अंकले ओरालो लागेको छ । आज नेप्से १९५६.९२ अंकमा रोकिएर कारोबार बन्द भएको छ ।
आज नेप्से सूचीकृतमध्ये २८० कम्पनीका ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
४८ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १२ को स्थिर रहेको छ । बैंकिङ ५, विकास बैंक २८, फाइनान्स ९, होटल तथा पर्यटन ६१, जलविद्युत् १८, जीवन बीमा ६२, उत्पादन ४८, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ५२, अन्य ५ र ब्यापार उपसमूह ४ अंक घटेको छ ।
बाराही हाइड्रोको मूल्य ९.३, इस्टर्न हाइड्रोको ८.२ तथा हिमालयन लघुवित्तको मूल्य ७.९ प्रतिशत बढ्यो । इनिफिनिटी लघुवित्तको मूल्य १० प्रतिशत घट्यो भने मध्यभोटेकोशीको ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स, नबिल बैंक, सोल्टी होटल, सन नेपाल लाइफ र हिमालयन लघुवित्त क्रमशः अगाडि रहे ।




















प्रतिक्रिया