Logo

राजनीति

कानूनको छिद्र प्रयोग गरी गम्भीर अपराधीलाई माफी : सांसद थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कानूनको छिद्र प्रयोग गरी गम्भीर अपराधमा संलग्न रहेको ठहर भएकालाई माफी मिनाहा गरिएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बदनियतसाथ गरिएका यस्ता कुराको विरोध गर्ने बताए ।

संविधान दिवसको दिन ६७० जनालाई माफी मिनाहा गरिएको उल्लेख गर्दै उनले त्यसमध्ये कतिपय संविधानसम्मत् र कानून सम्मत् भए पनि संविधानको मर्मविपरीत कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराध ठहर गरिकालाई कैद माफी मिनाह गरिएको बताए । उनले भने, ‘बदनियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध हुन्छ र हामी गर्छौ ।’

 

प्रकाशित मिति : आश्विन १८, २०८० बिहीबार  ४ : ३५ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।