Logo

प्रमुख समाचार

त्रिविमा नेविसंघले प्राध्यापकको अन्तर्वार्ता अवरोध गरेकोमा महेश बर्तौलाको आपत्ति



काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता चलिरहेको बेला कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले अवरोध गरेकोमा आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले त्रिभूवन विश्वविद्यालयमा ३ बर्षदेखि प्राध्यापकहरुको वृत्ति विकास रोकिएको बताउँदै त्रिवि सेवा आयोगले असोज १४ गतेदेखि प्राध्यापक र सहप्राध्यापकका लागि अन्तर्वार्ता आह्वान गरेको बताए ।

उनले भने– ‘हिजो दिउँसो नेपाल विद्यार्थी संघले तालाबन्दी गर्यो र आदेश गर्यो र यो अन्तर्वार्ता लिन पाँइदैन । खबरदार अन्तर्वार्ता लिनका लागि आउने सेवा आयोगका अध्यक्ष र सदस्यहरुलाई गेटबाटै रोकिन्छ । यसप्रकारको फरमान जारी गर्यो । सरकारको निकट, सरकारको महत्वपूर्ण हिस्सा रहेको नेपाली कांग्रेस निकट रहेको नेविसंघले विश्वविद्यालयमा सेवा आयोगले गरिरहेको काम अवरोध तुल्याएको छ ।’

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ११:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।