Logo

प्रमुख समाचार

राजावादीले धार्मिक सद्भाव बिथोल्न खोजेको भनाईप्रति लिङदेनको आपत्ति



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रोजेन्द्र लिङदेनले राजावादीहरु धार्मिक सद्भाव बिथोल्न लागेका छन् भन्ने अभिव्यक्तिहरु दिएकोप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले त्यस्तो कुन गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ भन्ने कुरा प्रष्ट पार्न माग गरे ।

‘केहीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्न प¥यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी कार्यमा संलग्न भएका छन् । उनको गतिविधीका ध्यान दिनु पर्यो भनेर आग्रह अनुरोध गरेका छन् । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ त्यसको म जानकारी लिन चाहान्छु । त्यसबारे प्रष्ट गर्नुहोला । ’

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १२:०२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।