Logo

प्रमुख समाचार

ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादीको आपत्ति, लिङदेनको भनाइ रेकर्डबाट हटाउन माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सदनमा ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेर सम्बोधन गरेपछि उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरका हुन् ।

उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले यो राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १२:०८   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।