काठमाडौं । गायक सुमति खड्का र गायिका अन्जु गौतमको आवाजमा रहेको गीत ‘कुटु कुटु’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमर बन्तुको शब्द र संगीत रहेको छ ।
गीतमा ‘छक्का पञ्जा’ सिरिज निर्देशक दिपाश्री निरौला र कलाकार बुद्धि तामाङ ‘हैट’ फिचर्ड रहेका छन् । विक्रम चौहानको निर्देशनमा तयार भएको गीतमा दिपा र बुद्धि प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् ।
रमाइलो भिडियोमा बिक्रमको नै कोरियोग्राफी रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । भिडियोमा अभिषेक खड्का र सजिना श्रेष्ठको पनि अभिनय रहेको छ ।





















प्रतिक्रिया