काठमाडौं । नेपालमा करिब तीन दशकअगाडि सुरुआत भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सीमित नेपालीको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदासम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आमजनमानसमा नपुगेको मान्न सकिन्छ ।
‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि सुरुआत गरिसकेको छ । यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमाले विकास बैंकहरुमा नै पहिलोपटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुआत गरेको छ ।
यसअन्तर्गत बैंकले सम्झौता गरेका बिक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ०% ब्याजदरमा मासिक किस्ताका रुपमा तिर्न सकिनेछ ।
साथै, यदि ग्राहक आफैँले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ ।
आउँदै गरेको बडादसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले योे सुविधामार्फत लाभ उठाउन सक्नेछन् । बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ ।
प्रतिक्रिया