काठमाडौं । नेपाली कांग्रेसको युवा सङ्गठन नेपाल तरुण दलका केन्द्रीय सदस्यको तीन महिनापछि शपथ हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले असार १३ गते विद्धान गुरुङ नेतृत्वको कार्यसमितिमा ४०० सदस्य मनोनीत गरेका थिए ।
देउवाले २०७८ चैत ९ मा तरुण दलको अध्यक्षमा गुरुङलाई नियुक्त गरेका थिए । गुरुङले पनि अध्यक्ष बनेको २० महिनापछि भोलि देउवा निवास धुम्बाराहीमा शपथ लिँदै छन् ।
६ महिनाभित्र महाधिवेशन गराउने गरी जिम्मेवारी पाएका गुरुङले २० महिनापछि शपथ लिन लागेका छन् । अध्यक्ष गुरुङले आइतबार दिउँसो प्रज्ञा प्रतिष्ठानमा कार्यसमितिका सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ ।
‘भोलि धुम्बाराहीमा मैले शपथ लिन्छु । त्यसपछि आइतबार दिउँसो मैले कार्यसमितिका सदस्यलाई शपथ गराउँछु’, गुरुङले बताए ।




















प्रतिक्रिया