काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौं मान्छे सडकमा उतार्छु भनेर धम्की दिइरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस गोरखाको शहीद लगन–काठमाडौं गाउँ सम्पर्क मञ्चले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री यस्तो अराजक बनेपछि उनलाई किन मान्ने भन्ने प्रश्न समेत गरे ।
‘प्रधानमन्त्रीले सडकमा लाखौं मान्छे उतार्छु भनेर धम्की दिइरहेका छन् । उनी देशको प्रधानमन्त्री हुन् कि पार्टीको अध्यक्ष ? यसरी गैरजिम्मेवारी बोल्न मिल्दैन’, नेता कोइरालाले भने, ‘उहाँले विराटनगर गएर २०८४ मा माओवादीलाई जिताउनुस्,म जातीय राज्य दिन्छु भन्नुभयो । के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो ? उहाँले पहिलो संविधान सभामा जातीय राज्य दिएको होइन ? उहाँ चाहदैमा हुँदैन र यो देश जातीय, धार्मिक र साम्प्रदायिक हिसाबले मिलेको देशलाई भाँड्ने अराजक कुरा गर्न मिल्दैन ।’
नेता कोइरालाले देशमा फैलिएको अराजकता रोक्ने हैसियत नेपाली कांग्रेसमा मात्र रहेकाले अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला आएको बताए । उनले धरान, मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले अब कांग्रेसले नेतृत्व लिने बेला भएको बताए ।
नेता इरालाले कांग्रेस कार्यकर्तालाई व्यक्तिवादी चिन्तन त्याग्न आग्रह समेत गरे । नेतृत्वलाई सच्चिनुपर्छ भन्नेहरुले आफू पनि सच्चिन आवश्यक रहेको भन्दै कोइरालाले स्थानीय चुनावमा कांग्रेसले कांग्रेसलाई भोट नदिएका कारण शहिद लखन गाउँपालिकामा हारेको समेत बताए ।
प्रतिक्रिया