Logo

खेलकुद

विश्वकप क्रिकेट : बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट



काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई १५६ रनमा अलआउट गरेको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७।२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको हो ।

मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमाएयो । अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए ।

अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए । बंगलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीनरतीन विकेट लिए ।

प्रकाशित मिति : आश्विन २०, २०८० शनिबार  ३ : ११ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।