Logo

खेलकुद

विश्वकप क्रिकेट : अफगानिस्तानमाथि बंगलादेशको सहज जित



काठमाडौं । विश्वकप क्रिकेटअन्तगर्गतकाे खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ ।  धर्मशालामा जितका लागि पाएको १५७ रनको लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

बंगलादेशलाई जिताउन नजमुल हुसेनले नट आउट ५९ रन बनाए भने मेहदी हसन ५७ रनमा आउट भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७।२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको थियो ।

मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमाएयो । अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए ।

बंगलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीनरतीन विकेट लिएका थिए ।

प्रकाशित मिति : आश्विन २०, २०८० शनिबार  ५ : ४४ बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।