काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमप्रसाद पराजुली चयन भएका छन् ।
प्रथम अधिवेशनबाट पराजुलीको अध्यक्षतामा सम्पूर्ण कमिटी सर्वसम्मत निर्वाचित भएको हाे।
१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनअन्तर्गत अध्यक्षका लागि पराजुली र चन्द्र रिजालको उम्मेदवारी परेको थियो । रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा जिफन्टका उपाध्यक्ष विदुर कार्की निर्विरोध भएका छन् । त्यस्तै सचिवमा पार्टी स्कुल विभागका सदस्य मिलेन धरेल निर्विरोध भएका छन् । त्यस्तै उपसचिवमा जिफन्टकै उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका छन् ।
एमालेमा भुगोलतर्फ ७ र गैरभूगोल (उपत्यका विशेष) गरी ८ वटा प्रदेश कमिटी छन्। ७ वटा प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ । धनगढीमा हुने प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया