Logo

खेलकुद

एकदिवसीय विश्वकप क्रिकेट : अष्ट्रेलिया र भारतबीचको हेभिवेट भिडन्त आज



काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) भारत र अष्ट्रेलियाबीचको हेभिवेट भिडन्त हुँदैछ । चेन्नेइमा शनिबार दुई पटकको विश्वकप विजेता भारतले ५ पटकको विश्व विजेतासँग भिड्न लागेको हो ।

भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । त्यसपछि भारतले एउटामात्र आईसीसीको प्रतियोगिता जितेको छ । सन् २०१३ मा च्याम्पियन्स ट्रफी इङ्ल्याण्डमा भारतले जितेको थियो । त्यसपछि भारत पहिलो उपाधिको खोजीमा छ ।

एकदिवसीय विश्वकपमा अष्ट्रेलिया सबैभन्दा सफल टोली हो । उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा यो प्रतियोगिता जितेको थियो । लगातार तीन विश्वकप जित्ने अष्ट्रेलिया एक्लो टोली हो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १२:३१   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।