Logo

शिक्षा

चेम्बर अध्यक्ष मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्य पदमा नियुक्त भएका छन् । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषद्को सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।

नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धि ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले उल्लेख छ ।

विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्र्तगत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्वन्धमा आवश्यक निर्णय गर्ने छ । यस्तै स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा अनुसन्धान, पेशागत कार्यक्रम तय गर्ने कार्यविधी निर्धारण गरिएको छ ।

अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिवधी, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसंग अनुभव आदनप्रदान समेत गर्ने चेम्बरद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १३:०९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।