काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले इजरायलमा हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई नगर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले एउटा विज्ञप्ति मात्रै जारी गरेर नपुग्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले समकक्षीसँग टेलिफोन संवाद गरी नेपालीको जीवन रक्षाका लागि पहल लिनुपर्ने माग गरेका हुन् ।
‘सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन । संसदमा मन्त्रीले त्यहाँको घटनाको विवरण दिएर मात्रै पुग्दैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्री बेन्जामित न्यतान्याहुलाई फोन गरेर संवाद गर्नुपर्छ’, प्रमुख सचेतक गिरीले भने, ‘हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवन रक्षा गर्नुपर्यो । उनीहरूको उद्धार गर्नुपर्यो । उपचारको काम तुरुन्त हुनुपर्यो । यहाँको प्रधानमन्त्रीले समकक्षीसँग सिधासिधी कुरा गर्नुपर्छ ।’
देशमा अवसर नपाएर विदेशिएका नेपाली दाजुभाइ दिदी बहिनीहरूले यस्ता धेरै पाडाहरू भोगेको उनको भनाई छ । यदि जो कोही नेपाली स्वदेश फर्किन चाहन्छन भने सरकारले सम्बन्धी निकायसँग कुरा गरेर नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।




















प्रतिक्रिया