एजेन्सी । विशेष विमानमार्फत पोल्याण्डले इजरायलबाट आफ्ना नागरिकलाई उद्दार गर्ने भएको छ । पोल्याण्डले यूरोपियन युनियन र सहयाेग माग्ने अन्य देशहरुका नागरिकलाई पनि युद्धमा होमिएको इजरायलबाट उद्दार गर्ने भएको हाे ।
पोल्याण्डले विदेशी नागरिकको पनि उद्दार गरिदिने जनाएको छ । इजरायलको सरकारले प्यालेस्टाइविरुद्ध युद्ध सुरु गरेको आधिकारीक जानकारी दिएपछि पाेल्याण्डले नागरिककाे सुरक्षामा चासाे दिएकाे हाे । सुरक्षा परिषादबाटै कानुन नै पास गरेर प्यालेस्टाइन विरुद्ध युद्धामा होमिएको इजरायलले जनाएको छ । शनिबार राति इजरायलको सुरक्षा परिषदले औपचारिक रुपमा युद्ध सुरु गरेको जनाएको हो ।
हमासले अचानक गरेको आक्रमणमा इजरायलका थुप्रै नागरिकहरुको ज्यान गएको छ भने प्यालेस्टेनीहरुको पनि त्यतिकै संख्यामा ज्यान गएको जनाइएको छ । गाजा आसपास क्षेत्रमा अहिले पनि युद्ध चर्किरहेकाे छ ।
प्रतिक्रिया