काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको निर्णय कार्यान्वयन गर्दा राष्ट्रपति संस्थलाई विवाद र आलेचनाको शिकार बनाइएको गुनासो गरेका छन् । राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउनका नसकिएकोले यस्तो हुन पुगेको उनको दाबी छ ।
शीतल निवासमा आइतबार सम्पादकसँग राष्ट्रपति पौडेलले जनतालाई राष्ट्रपतिको पदको सीमाबारे बुझाउन आवश्यक रहेको बताए । ‘संविधानले राष्ट्रपतिको सीमा तोकेको छ’, उनले भने, ‘सरकारको निर्णय कार्यान्वयन गर्दा राष्ट्रपति संस्थालाई विवाद र आलोचनाको शिकार बनाइयो । गणतन्त्रको संस्थागत विकासको लागि राम्रो होइन तर, राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउन आवश्यक छ ।’
राष्ट्रपति पौडेलले आफू राजाजस्तो बन्ने पक्षमा नरहेको समेत प्रष्ट पारे । ‘मैले भन्दै आएको छु र फेरि पनि भन्छु मलाई राजाजस्तो बस्नु छैन र म राजाजस्तो बन्दिनँ तर आफ्नो संवैधानिक कर्तव्य र नैतिक दायित्व पालनाका सन्दर्भमा विवेक प्रयोग गर्छु’, उनले भने, ‘मैले गठबन्धनका नेताहरूलाई र प्रधानमन्त्रीलाई पनि एकैठाउँमा राखेर भनेको छु कि मबाट टेकन फर ग्रान्टेट लिन नखोज्नुस् । म संविधान र जनताको चाहना विपरित कुनै सिफारिस लिएर नआउनुस् ।’




















प्रतिक्रिया