काठमाडौं । नेपाली तरुण दलका अध्यक्ष विद्वान गुरुङले परिवर्तनहरूको रक्षा गर्दा बारम्बार तरुण दलमाथि प्रहार हुने गरेको बताएका छन् ।
आतइबार काठमाडौंको प्रज्ञाभवनमा केन्द्रीय सदस्यहरूको प्रतिज्ञा (शपथ) कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले परिर्वतनको रक्षा गर्दा तरुण दलमाथि आक्रमण हुने गरेको बताए । उनले ती आक्रमण र प्रहारहरूबाट तरुणहरू कदापि बिचलित नहुने बताएका छन् ।
‘नेपालमा परिवर्तन हुँदा प्रतिगामीहरूले सबैभन्दा पहिलो प्रहार नेपाल तरुण दलमाथि हुने गरेको छ’, उनले भने, ‘बिगतका उदाहरणले पनि त्यो देखाएको छ ।’
अध्यक्ष गुरुङले प्रतिज्ञा लिएका सबै तरुणहरूलाई नेपाली कांग्रेसलाई बलियो बनाउन र लोकतन्त्रकोरक्षा लागि लाग्न निर्देशन दिएका छन् । उनले कांग्रेसको संगठन निर्माणमा पनि लाग्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । अध्यक्षा गुरुङले तरुण दलका पूर्वक्षेत्रीय अध्यक्ष रिगलका विषयमा आएका समाचार र टिकाटिप्पणीप्रति चिन्ता जनाएका छन् ।
उनले संविधान र कानूनअनुसार सिफारिस भएर बाँकी कैद मिनाहा भएको विषयमा विवाद गरेको भन्दै चिन्ता जनाएका छन् ।
उनले शिव पौडेलको जेलभित्र हत्या हुँदा केपी ओली प्रधानमन्त्री भएका बेला युवा संघका नेतालाई बाँकी कैद मिनाहा र आममाफी दिएको भन्दै आक्रोश पोखेका छन् ।
अध्यक्ष गुरुङले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको प्रतिज्ञा (शपथ) गराएका छन् । अध्यक्ष गुरुङले पूर्वअध्यक्षद्वय बालकृष्ण खाण र महेन्द्र यादवलाई भएको आक्रमणको विरोध गरेका छन् । उनले देशमा राज्य छ कि छैन भनेर प्रश्न गरेका छन् ।
अध्यक्ष गुरुङले प्रतिगामीका विरुद्धमा लड्न जरुरी रहेको पनि बताएका छन् । उनले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नका लागि कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । उनले कृषि क्रान्ति अर्थात उत्पादनको विषयमा विशेषज्ञहरूसँग परामर्श गरेर काम गरिनुपर्ने बताए ।
अध्यक्ष गुरुङले पहाड र तराईका धेरै ठाउँमा जमीनहरू खाली रहेको भन्दै त्यसमा कृषि गरेर रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रममा शपथको कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादव, पूर्वअध्यक्षहरू उदयशम्शेर राणा, जितजंग बस्नेत, विनोद कायस्थ, पूर्वउपाध्यक्ष उत्तम चापागाइँ, पूर्वसचिव तथा लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, कांग्रेस केन्द्रीय सदस्य राधा घले लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया