काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन १ हजार रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्यकाे १ लाख ८ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन छापावाला सुनप्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा र कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया