Logo

अन्तर्राष्ट्रिय

इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको सेनाद्वारा उद्धार



काठमाडौँ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट इजरायली सेनाले ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ आज लगेको हो ।

उद्धार गरेर लगिएका एक विद्यार्थी बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा इजरायल गएका थिए । उनीहरुकै समूहमा रहेका १० जना नेापालीहरुकाे इजरायलीविरुद्ध हमास समूहकाे आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । ‘बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ’ रिजालले सामाजि सञ्जालमा भिडियाे शेयर गर्दै भने ।’ उनीहरुले अब आफूहरु अब सुरक्षित भएकाे बताएका छन् ।

उद्धार गरिएका विद्यार्थीहरुमा विभुषा अधिकारी चितवन, रचना चाैधरी कैलाली, आशा मिश्र कैलाली, सुष्मा रेग्मी कैलाली, नविन घिमिरे दाङ, श्रेया तिवारी चितवन, बादल सुवेदी दाङ, लुइस रिजाल बर्दिया, मनिष खनाल गुल्मी, नारायण भूषाल पर्वत, गणेश साउद कैलाली, विपना जाेशी कैलाली, गणेश जाेशी कञ्चनपुर, ओमप्रकाश उपाध्याय कैलाली, प्रविन बिसी सुर्खेत, प्रमाेद भट्ट बैतडी,अनुप अधिकारी सिन्धुली, विशाल पाण्डे कैलाली, समर्पण आचार्य दाङ, विपिन सुवेदी दाङ, नितिन भण्डारी कञ्चनपुर, लाेकेन्द्र विष्ट डडेल्धुरा, रमेश बहादुर कार्की बाजुरा, निरज कुशवाहा राैतहट, उपेन्द्र जाेशी कैलाली, विनाेद शाह राैतहट, अरबिनकुमार चाैधरी कैलाली, आवाज भट्टराई कैलाली, राेहित नायक कैलालीलगायत अन्य तीनजना रहेका छन् ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ६ : ४५ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।