Logo

शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा



काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायल-प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएकोले विश्ववियालयले आज शोक बिदा दिएको हो ।

प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ ।

एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए । यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ११:१३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।