Logo

प्रमुख समाचार

राष्ट्रिय सभाको बैठक सर्यो



काठमाडौं । संघीय संसद अन्र्तगत राष्ट्रिय सभाको बैठक सरेको छ ।

मंगलबार बिहान ११ः०१ बजे बस्ने गरी बाेलाएको बैठक सरकारले इजरायल-हमास द्वन्द्वमा परी निधन भएका १० जना नेपालीको सम्मानमा गरेको राष्ट्रिय शोकको कारण बैठक सारिएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने संघीय संसदका महाससचिव डा. भरतराज गौतमले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ११:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।