कांग्रेस सांसद सुनिल शर्माले माओवादी केन्द्रले प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको नेतृत्व गर्न नमिल्ने बताएका छन् ।
समितिको मंगलबारको बैठकमा शर्माले समिति सभापति परिवर्तन हुनुपर्ने बताए । माओवादी सांसद विमला सुवेदी समिति सभापति छिन् ।
संक्रमणकालीन न्यायको विषय टुंगो लगाउने महत्वपूर्ण जिम्मेवारी पाएको समितिको सभापति माओवादी हुन नहुने तर्क शर्माको थियो । शर्माले सुवेदीले सभापति नछाडे बैठक बहिस्कार गर्ने चेतावनीसमेत दिए ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) विधेयकबारे उपसमितिले तयार पारेको प्रतिवेदन पेश गर्न समिति बैठक बसोको थियो । शर्माले द्वन्दमा सहभागी पक्षको सांसद समिति सभापति बन्दा स्वार्थको द्वन्द्व हुने उल्लेख गरे ।
शर्मालाई कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले धेरै आक्रोशित नबन्न आग्रह गरे । गुरुङले सबेको सहमतिमा शान्ति प्रक्रिया अघि बढेको र संविधान जारी भएको भन्दै शर्मालाई सम्झाउने प्रयास गरे ।




















प्रतिक्रिया