Logo

अर्थ

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, कतिले पाए कम्पनीको सेयर ?



काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपिओ आज बुधबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जसमध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जसमा भाग्यमानी १० लाख ३२ हजार १३२ अवेदकले १० कित्ताकादरले सेयर पाएका छन् भने तिनै आवेदकमध्ये ८ जनाले थप १–१ कित्ता अर्थात् ११ कित्ता सेयर पाएका छन् ।

सोनापुर मिनरल्सले असोज १४ गतेदेखि असोज १७ गतेसम्म अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणलाई आइपीओ निष्काशन खुला थियो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता सुरक्षित राखी बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ११:२४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।