काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । विश्वकप छनोट खेलका लागि नेपाली टोली घोषणा गरिएको छ ।
बुधबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेलका लागि अन्तिम टोली घोषणा गरेका हुन् । नेपालले बिहीबार साँझ ५ः३० बजे लाओससँग खेल्नेछ ।
लाओसविरुद्धको खेलका लागि घोषित नेपाली टोलीमा किरणकुमार लिम्बु, दीपक कार्की, अभिषेक बराल, सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिषरत्न छुन्जु, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् ।
नेपाल र लाओसबिचको दोस्रो लेग खेल भने लाओसको घरेलु मैदानमा खेलिने छ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्र विश्वकप छनोटको अघिल्लो चरणमा पुग्नेछ ।
प्रतिक्रिया