Logo

प्रमुख समाचार

एमालेको मधेस प्रदेश अधिवेशन उद्घाटनमा जनकपुर पुगे ओली



धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशको आजदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको उद्घाटनमा पुगेका अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले जहाजकाे धावनमार्गमै पुगेर स्वागत गरेका छन् ।

आज अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली अधिवेशनको उद्घाटन गर्न जनकपुर गएका हुन् । उनले मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को पनि शिलान्यास गर्नेछन् । मधेस प्रदेशका इन्चार्ज एवम् केन्द्रीय सचिव योगेश भट्टराईले आठ जिल्लाका ३६ वटै पालिका, विभिन्न जनवर्गीय सङ्गठनसहितका निकायबाट एक हजार २७ प्रतिनिधि अधिवेशनमा सहभागी हुने जानकारी दिएका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा सात हजार एमाले नेता कार्यकर्ताको सहभागिता रहने र अधिवेशनको समुचित व्यवस्थापनका लागि एक सय पाँचजना स्वयम् सेवक परिचालन गरिएकाे उनले जानकारी दिए । प्रदेश अधिवेशन तयारी समितिका संयोजकसमेत रहेका प्रदेश अध्यक्ष रामअवतार यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ तिरहुतियागाछीस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा एमालेकाे अधिवेशन हुनेछ ।

प्रदेश अधिवेशनमा लाग्ने खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको र त्यसका लागि प्रत्येक प्रतिनिधिबाट रु दुई हजार प्रवेश शुल्क तथा एमालेका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूबाट रु १०/१० हजार सहयोग लिइने अध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १४:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।