काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु बोर्डिङ पास विना नै जनकपुर विमानस्थलको धावनमार्गसम्म पुगेका छन् । ओली एती एयरलाइन्सको जहाजबाट मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर पुगेका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु मापदण्डविरीत धावनमार्गमै पुगेका हुन् ।
सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न पाइँदैन । तर एमाले कार्यकर्ताहरुलाई प्रहरी र विमानस्थलका कर्मचारीहरुले नरोक्दा उनीहरू धावनमार्गमै पुगेक हुन् ।
एमाले नेता–कार्यकर्ताहरुको भीड हवाई जहाजको ढोकैमा पुगेका थियो । विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत बोर्डिङ पास विना जहाजको नजिक जान दिइँदैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ ।
२०७९ सालको चैतमा पनि केपी शर्मा ओली बाँकेको नेपालगञ्ज विमानस्थलमा ओर्लिंदा एमाले कार्यकर्ताहरु यसैगरी विमानको ढोकैसम्म पुगेका थिए ।




















प्रतिक्रिया