Logo

राजनीति

कोशीमा बन्ने नयाँ सरकारबारे निर्णय लिन राप्रपाको पदाधिकारी बैठक शुक्रबार बस्ने



काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार पदाधिकारी बैठक बोलाएको छ । प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार बैठक शुक्रबार बिहान ८ बजेका लागि बेलाइएको छ ।

बैठकले कोशी सरकारबारे निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए । कोशीमा प्रदेश प्रमुखले शुक्रबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न समयसीमा दिइएको छ ।

धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १५:००   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।