काठमाडौं । लगातार ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा बुधबार सामान्य सुधार भएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५.१६ अकंले बढेर १८९४.७६ बिन्दुमा बन्द भएको छ ।
आज २८६ कम्पनीको ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.०८ प्रतिशत, विकास बैंक समूहको ०.२५ प्रतिशत, फाइनान्स समूहको ०.५४ प्रतिशत, होटल पर्यटन समूहको १.८० प्रतिशतसहित १० उपसूचकमा सुधार छ ।
आज माण्डु हाइड्रोपावरको ४ करोड ८० लाख ९०हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया