Logo

खेलकुद

काभा च्यालेन्ज कप : नेपालकाे लगातार दोस्रो सफलता, अफगानिस्तानमाथि राेमाञ्चक जित



काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो सफलता हात पारेको छ। श्रीलंकामा भइरहेको प्रतियोगितामा नेपालले लगातार दाेस्राे जित दर्ता गर्ने क्रममा बुधबार अफगानिस्तानमाथि ३–२ को जित निकालेको हो ।

खेलमा नेपालले पहिलो सेट २५–१९ ले जितेर राम्रो सुरूवात गरेको थियो। तर नेपाल दोस्रो सेटमा १९–२५ र तेस्रो सेटमा २२–२५ ले पराजित भएपछि अफगानिस्तानले खेलमा २–१ को अग्रता लिएको थियो ।

चौथो सेट नेपालले २५–२१ ले जितेर खेललाई बराबरीमा ल्यायो । पाँचौ तथा निर्णायक सेटमा १५–१० को जित निकालेसँगै खेल नेपालले ३–२ ले जित्न सफल भयो ।

यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल आयोजक श्रीलंकासँग ३–० ले पराजित भएको थियो।

अब नेपालले साउदी अरेबियासँग असोज २५ तथा उज्वेकिस्तानसँग असोज २७ मा खेल्नेछ । राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ मा हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १६:५०   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।