धनगढी । नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा मनोनयन दर्ता गराएका कमलप्रसाद तिमिल्सिना र वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कमिटिको कार्यालयले तिमिल्सिना र सिंहले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
नेताहरूले सहमतिकै आधारमा अछामका कृष्णप्रसाद जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने गरी अध्यक्षका अन्य उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि दबाब तथा प्रलोभ दिइरहेका छन् । तर अध्यक्षमा जैशी र अछामका भरत साउदको उम्मेदवारी कायम छ ।
साउदलाई पनि उम्मेदवारी फिर्ता गराउने गरी नेतृत्वले दबाब दिइएको स्रोतको भनाइ छ । साउदलाई नेता भीम रावलले समर्थन जनाएका छन् ।




















प्रतिक्रिया