Logo

राजनीति

अख्तियारका पदाधिकारी नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुनु हुँदैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा हुने नियुक्ति प्रक्रिया दलगत हस्तक्षे हुन नहुने बताएका छन् । राज्यव्यवस्था समितिको बैठकमा बोल्ने क्रममा उनले नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या रहेको थापाले बताए ।

दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने अवस्था बनेको थापाको धारणा थियो । अख्तियार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी विधेयक माथिको छलफलका क्रममा समितिमा थापाले भने,‘नियुक्तिकको मापदण्ड, यसको प्रक्रियालाई नबदलिकन यसले परिणाम दिँदैन ।’

क्षेत्राधिकारमा ‘अनुचित कार्य’को सम्बन्धमा त्यसको व्याख्या स्पष्ट विधेयकमा खुल्नुपर्ने थापाले बताए । राष्ट्रिय सर्तकर्ता केन्द्रलाई पनि अख्तियार अनुसन्धान आयोग भित्रै ल्याएर अनुचित कार्य हेर्ने गरि व्यवस्था गर्न तर्क थापाले राखे । नीतिगत निर्णय के हो ? भनि कानुनमै स्पष्ट खुल्न पर्ने थापाको मत छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १७:२४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।