Logo

खेलकुद

टी ट्वान्टी त्रिकोणात्मक सिरिज : नेपालको पहिलो खेल यूएईसँग



काठमाडौं । टी–ट्वान्टी विश्वकप छनोटअघि हुने टी ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनीक भएको छ । नेपाल क्रिकेट संघ क्यानले गर्ने त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल यूएईसँग खेल्ने भएको हो ।

प्रतियोगितामा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिज कात्तिक १ गतेदेखि कात्तिक १० गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । नेपालले पहिलो खेल कात्तिक १ मा यूएईसँग र कात्तिक २ गते हङकङसँग खेल्नेछ । कात्तिक ४ गते हङकङ र कात्तिक ६ गते यूएईसँग खेल्नेछ ।

डबल राउण्ड राबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । कात्तिक १० गते सिरिजको फाइनल खेल हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारीका लागि भन्दै त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  १० : ०१ बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।