Logo

प्रमुख समाचार

अख्तियार प्रमुखलाई रवि लामिछानेको प्रश्नः ठूला भ्रष्टाचार काण्डमा किन कारबाही हुँदैन ?



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ठूला भ्रष्टाचारीमाथिको कारबाही अघि नबढ्नुको कारणबारे सोधेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बुधबार लामिछानेले ठूला भ्रष्टाचार प्रकरणको अनुसन्धान कहाँ पुगेको छ भनेर प्रश्न गरे । लामिछानेले वाइडबडी विमान खरिद लडाकु शिविर र ओम्नी प्रकरणको छानबिन के भइरहेको छ भन्ने प्रश्न गरे ।

उनले सार्वनजिक लेखा समितिले वाइडबडीमा भ्रष्टाचार भएको ठहरसहित प्रतिवेदन दिएकामा कारबाही अघि नबढेकामा प्रश्न राईसँग जवाफ माग गरे ।

‘लडाकु शिविर घोटाला छानबिन कता पुग्यो ? टुंगियो कि, कहाँ छ ? वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो ? वाइडबडीमा घोटाला भएको लेखा समितिले निष्कर्ष निकालेर कारबाही गर्न सिफारिस गरेको थियो । यति लिजमा दिएको कहाँ पुग्यो ? ओम्नीको फाइल क्लोज भयो कि के भयो ?’, उनले राईलाई सोधे ।

तत्कालीन एनफा अध्यक्ष गणेश थापामाथि कारबाही नभएकामा पनि उनले असन्तुष्टि जनाए । विदेशीले देखेको एन्फाको भ्रष्टाचार अख्तियारले देख्न नसक्नुको कारण माग गरे ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०८:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।