काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।
डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गरेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर डेंगु सङ्क्रमण बढ्दै गएको छ ।




















प्रतिक्रिया