काठमाडौं । एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ ।
मलेसियामा सम्पन्न खेलमा नेपालले इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो ।
इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भए ।
ब्याट्सम्यान सबिर इब्राहिमिपुरले अविजित ११ रन जोडे । इरानका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर दीपेश कँडेलले तीन विकेट लिए । सुवास भण्डारीले पनि तीन विकेट लिए । आकाश चन्द र हेमन्त धामीले दुई—दुई विकेट हात पारे ।
त्यसअघि नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेलेका थिए । उनले केवल ६० बलको सामना गरी एक सय रन बनाएका हुन् । उनले ४ र छक्का र १२ वटा चौका पनि हिर्काएका थिए ।
दीपकप्रसाद डुम्रेले केवल ४४ बलमा २ छक्का र ८ चौकाको मद्दतले ६९ रनको योगदान गरे । त्यसअघि ओपनर ब्याट्सम्यान दीपक बोहराले ५९ बलमा२ छक्का र ५ चौका प्रहार गरेका थिए ।
दीपक बोहरा र देव खनालले ९८ बलमा एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९ रन बनाए भने सुवास भण्डारीले अविजित १८ र हेमन्त धामीले २३ रनको योगदान गरेका थिए । आकाश चन्दले पनि १९ रन बटुलेका थिए । नेपालले अतिरिक्त रूपमा पनि २६ रन पाएको थियो ।




















प्रतिक्रिया