Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडाैं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा आइपुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.९५ अंकले घटेर ३५९. १३ को विन्दुमा पुगेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहमा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर १ अर्ब ७० करोड १२ लाख ९हजार ८१५ रुपैयाँमा कारोबार भएको छ ।

आज भगवती हाइड्रोपावर तथा मीड सोलु हाइड्रो पावरका सेयरधनीहरुले धेरै कमाएका छन् ।

भगवती हाइड्रो पावर र मीड सोलु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यी दुवै कम्पनीको यो दिन पहिलो सेयर कारोबार भएको हो । यसैगरी यो दिन हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरभाउ ९.९८प्रतिशत बढीले उकालो लागेको छ भने एनआईबीएल ग्रोथ फण्डको इकाई ९.९५ प्रतिशतले उकालो लागेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १६:२३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।