Logo

राजनीति

कोशीमा तमासा : मुख्यमन्त्री दाबी गर्न दुवै समूह प्रदेश प्रमुखको कार्यालयमा



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न दुवै समूह प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । माओवादी केन्द्र र कांग्रेस संस्थापन पक्ष इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् भने कांग्रेस इतर पक्ष एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्न पुगेका हुन् ।

स्रोतका अनुसार उनीहरु छुट्टाछुट्टै हस्ताक्षर लिएर प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् । कांग्रेसको शेखर कोइराला पक्षले प्रदेश सभासदस्य केदार कार्कीलाई एमालेको सहयोगमा मुख्यमन्त्री बनाउन चाहेको छ । शेखरपक्षका ८ सांसद र एमालेका उपसभामुखसहित ४० सांसदको हस्ताक्षर जुटाए मुख्यमन्त्री बन्न समस्या छैन ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १७:१३   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।