काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरो दाबी परेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेस संस्थापन पक्ष र एकीकृत समाजवादी तथा जसपाको समर्थनमा दाबी पेश गरेका हुने कांग्रेस इतर पक्षका केदार कार्कीले एमालेको समर्थनमा दाबी पेस गरेका छन् ।
बिहीबार साँझ दुवै उनीहरु दुबैले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । ४० सीट रहेको एमालेले समर्थन जनाउने भएपछि केदारको दाबेदारी बलियो बनेको छ । कार्कीले आफूसँग कांग्रेसका ९ संसदको समर्थन रहेको बताएका छन् ।
माओवादी सांसद इन्द्रले भने पुरानै हस्ताक्षर बोकेर गएको बताइएकाे छ । त्यसमा कार्की समूहले विरोध जनाएको छ । कार्कीले भने कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षर लगेका छन् ।
प्रतिक्रिया