Logo

प्रमुख समाचार

परराष्ट्र मन्त्रालयले भन्यो– ‘मोदीले कालापानी भ्रमण गर्दा प्रोटोकल पूरा गरेनन्, थप बुझ्दै छौँ’



काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रोटोकलविपरीत कालापानी क्षेत्रको भ्रमण गरेको बताएको छ । मोदी आज बिहान दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा आएका थिए ।

एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने भएपनि मोदी त्यसविरीत कालापानी क्षेत्रकाे बएकाले त्यस विषयमा के भएको रहेछ भन्ने विषयमा बुझ्ने काम भइरहेकाे परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा मोदीले भ्रमण गरेको विषय सांसदहरूले संसदमा समेत उठाएका थिए । हेलिकोप्टरबाट बिहीबार बिहान कालापानी क्षेत्रमा आएका मोदीले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गरेका थिए । साथै भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तरक्रिया समेत गरोका थिए ।

उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ७ : ३३ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।