काठमाण्डौ । नेपाली उपभोक्ता संरक्षण महासंघ चन्द्रागिरी नगरसमितिले काठमाण्डाैकाे मुख्य नाका नागढुंगामा मालबाहक सवारीसाधनकाे अनुगमन गर्ने भएकाे छ । आज चयन भएकाे चन्द्रागिरी नगर समितिले नागढुंगामा मालबाहक सवारीसाधनकाे अनुगमन गर्ने निर्णय गरेकाे हाे ।
काठमाण्डौं जिल्ला चन्द्रागिरी नगरपालिकामा भएको उपभोक्ता भेलाबाट चयन भएकाे नगरसमितिले आजै यस्ताे निर्णय गरेकाे हाे । नगर समितिकाे चयन केन्द्रिय सदस्य सुरेश बोहराको संयोजकत्व र नेपली उपभोक्ता संरक्षण महासंघको अध्यक्ष चन्द्र साउँदको सभापतित्वसँगै चन्द्रगिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा भएको थियाे । कार्यक्रममा तीन जना सल्लाहकार समितिसँगै १५ सदस्यीय समिति चयन भएकाे छ । त्यस्तै महासचिवमा संगिता खड्का, सचिवमा धनबिर महर्जन, सह सचिवमा कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा शरदा महर्जन रहेका छन ।
सदस्यहरुमा नरेन्द्र श्रेष्ठ, प्रताप लामा र गिता बराल चयन भएका छन् । नेपली उपभोक्ता संरक्षण महासंघको नव निर्मित नगर कार्यसमितिको अध्यक्षमा हरी कुमार केसी निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा रामकुमारी महर्जन, उपाध्यक्षमा ज्ञानेन्द्र कायस्त, सुनिता प्रध्यान्व्य र रामकुमार थापा मगर रहेका छन् । सल्लाहकार समितिमा राजेन्द्र बाँनिया, नबिन महर्जन र जगन्नाथ गौतम रहेका छन ।
उक्त समितिले दशैं तिहारलाई मध्यनजर गर्दै शनिबारदेखि नै बस ब्याबसायीले जनतालाई के कस्तो व्यवस्था गरेका छन् भनेर सवारीसाधनकाे अनुगमन गर्ने बताएकाे हाे । लामो तथा छोटो दूरीका यातायातमा यात्री तथा बसको व्यवस्थापनलगायतकाे विषयमा समितिले चासाे राख्ने केन्द्रिय सदस्य सुरेश बोहराले जानकारी दिए ।




















प्रतिक्रिया