Logo

कोशी प्रदेश

शेखर कोइरालाले आउँछु–आउँछु भन्दै देउवालाई ढाँटे…



सभापति शेरबहादुर देउवाले बोलाएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा डा। नेता शेखर कोइराला अनुपस्थित भएका छन् ।

कोशी प्रदेशमा कोइरालाले पार्टीको आधिकारिक निर्णयविरुद्ध केदार कार्कीलाई एमाले अध्यक्ष केपी ओलीको समर्थनमा मुख्यमन्त्रीमा अघि सारेपछिको परिस्थितिबारे छलफल गर्न देउवाले शुक्रबार अपराह्न कार्यसम्पादन समिति बैठक बोलाएका थिए ।

कोइराला अनुपस्थित भएपछि बैठक एजेण्डामै प्रवेश नै नगरी स्थगित भएको छ । शनिबार फेरि बस्ने गरी बैठक स्थगित भएको छ ।

काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शनिबारको बैठकमा कोइराला आउने विश्वास व्यक्त गरे । उनका अनुसार कोइरालाले पटकपटक आउँछु भन्दाभन्दै बैठकमा नआएको बताए ।

कोशीको मुख्यमन्त्रीमा काँग्रेस संस्थापनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई समर्थन गरेको छ । कोइरालाले भने एमालेका २९ सांसदको समर्थनमा आफूनिकट केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेका छन् ।

प्रकाशित मिति : आश्विन २७, २०८० शनिबार  ५ : ०६ बजे

348
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।