Logo

प्रमुख समाचार

कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्छ : सांसद गौतम



काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै गौतमले वर्तमान सरकारले मुलुकको बिभिन्न समस्या समाधान गर्न नसकेको भन्दै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

उनले वर्तमान सरकारप्रति आशा भरोषा गरे पनि अहिले आम जनतामा देखिएको निराशालाई चिर्न नसकेको बताए । सामान्य जनजीवीकाका विषयमा पनि सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ ।

कोशी प्रदेशमा कांग्रेसभित्रका असन्तुष्ट सांसदहरूले विद्रोह गरेसँगै केन्द्रको सरकारमा समेत फेरवदल आउने सम्भावनाकाबीच राष्ट्रिय सहमतिको सरकारको वहस सुरू भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ०६:०८   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।