Logo

प्रमुख समाचार

कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न सक्दैन : डा. शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने बताएका छन् ।

कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नक्बर ६ काठमाडौंले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस अहिले पनि बलियो रहेको र कांग्रेस एकजुट भए सबै दलहरू एकजुट भए पनि कसैले प्ररास्त गर्न नसक्ने बताएका हुन् ।

उनले कांग्रेसका समर्थक र शुभेच्छुकहरुले माया गरेका कारण आफू अहिलेको स्थानमा आएको भन्दै आफूले पनि सम्मान गर्ने बताए । आफूलाई भाषण गर्न नआउने र आफुले आफूले बोल्ने कुरा हृदयबाट आउने उनले बताए ।

कोइरालाले जनतालाई छुनेगरी दीर्घकालीन योजना बनाएर कांग्रेस अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

त्यस्तै कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राज्यसंयन्त्रकोे मूल्याङ्कन गर्दा संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको बताए । कांग्रेसभित्र सुधार गरेर एकतावद्ध भए अहिले पनि कांग्रेसजस्तो भरपर्दो र विश्वासिलो पार्टी अरु कुनै नरहेको उनको भनाइ छ ।

पार्टीभित्र सबैतिर पुनरावलोकनको आवश्यता रहको र अर्कोलाई खोटमात्र देखेर नभई आफूलाई नै सुधारेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : आश्विन २७, २०८० शनिबार  ५ : २२ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।