Logo

प्रमुख समाचार

आफ्ना बचाउने प्रचण्ड चाहना मनको लड्डु घ्युसँग खानुसरह भयो : महेश बस्नेत



काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भेपमा राखेर भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा प्रतिक्रिया दिएका छन् । उनले आफ्ना बचाउने प्रधानमन्त्री पुष्पकमल दाहालको चाहना अहिले मनको लड्डु घ्युसँग खानुसरह भएको टिप्पणी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई आज (शुक्रबार) पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको थियो । अदालतको आदेशसँगै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : आश्विन २७, २०८० शनिबार  ७ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।