Logo

प्रमुख समाचार

कांग्रेसलाई एमाले र माओवादीले मात्रै होइन, अहिले त राप्रपाले पनि खेलाइदियो : गगन थापा



काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई कांग्रेसजस्तो बनाउने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिइने बताएका हुन् ।

‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो । कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ,’ उनले भने ।

महामन्त्री थापाले एमाले र माओवादीले मात्रै नभएर का‌ंग्रेसलाई राप्रपाले समेत खेलाएको टिप्पणी गरे । ‘कांग्रेसलाई कहिले एमालेले खेलाइदिने, कहिले माअ‍ोवादीले खेलाइदिने । अहिले त राप्रपाले पनि खेलाइदियो,’ उनले भने ।

पार्टीभित्र घेराबन्दीमा परे पनि पार्टीलाई विधिसम्मत चलाउने उनले बताए । ‘घेराबन्दीमा परे पनि केही हुन्न । केन्द्रीय समिति बैठकमा एक्लै परिन्छ कहिलेकाहीँ। आफ्नै साथीले पनि साथ छोड्छन् । तर, केही छैन पार्टीलाई विधिसम्मत चलाउने हो,’ उनले भने ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ०९:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।